बालबालिकाहरुमा पुड्कोपन
कुपोषण (पुड्कोपन) आमाको गर्भदेखिनै शुरु हुन्छ | कुपोषणले गर्दा बालबालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा असर पुग्छ | दुई वर्षसम्म बालबालिकाहरुको असी प्रतिशतसम्म मस्तिष्कको विकास भइसक्ने हुँदा यो समयमा कुपोषित हुँदा पुग्ने असरलाई पछि गएर क्षतिपूर्ति गर्न सकिंदैन | यसले बालबालिकाको वास्तविक क्षमतालाई सीमित गराइदिन्छ |
नेपालले विगत पन्ध्र वर्षमा पुड्कोपन ५७% प्रतिशत (सन् २००१) बाट ३६ प्रतिशत (सन् २०१६)मा ल्याई उल्लेख्य प्रगति हासिल गरेको भएतापनि कुपोषणविरुद्ध अझै लामो यात्रा गर्नुपर्ने देखिन्छ | नेपालको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म पाँच वर्षमूनिका बालबालिकाहरुमा रहेको पुड्कोपना घटाएर १५% मा झार्ने चुनौतीलाई देशले सामना गरिरहेको सन्दर्भमा हाम्रो अभियान सोहि लक्ष्यप्रति एक्यबद्ध रहेको छ |